नेभिगेसन मेनु

मदन भण्डारी राजमार्ग : थप बजेट सुनिश्चित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-03 13:01

road-skt-lalit

पुस १८ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम चालु आर्थिक वर्षबाटै सुरु गरिने भएको छ । खम्बागाडे–विद्यापुर र बल्देदेखि लगाम बजारसम्मको खण्डको काम अधुरै थियो । यी दुई सडक खण्डका लागि दुई अर्ब ६० करोड रुपियाँ बराबरको बजेट सुनिश्चित भएपछि यसै आर्थिक वर्षबाट काम सञ्चालन हुने पक्कापक्की भएको हो । 

सांसद हृदयराम थानीका अनुसार बजेट व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा निरन्तर पहल गरेपछि बजेट सुनिश्चितता पाएको जानकारी दिनुभयो । २०५० कै दशकमा कच्ची सडकको पहुँच पुगेको सुर्खेतको पश्चिम खण्डमा अझै सहज रूपमा यातायात सेवाको उपभोग गर्न नपाएको स्थानीयको गुनासो रहेको छ । सङ्घीयतापछि सडक स्तरोन्नतिको आवाज उठे पनि बजेट व्यवस्थापन हुन सकिरहेको थिएन । बजेट सुनिश्चितता भएसँगै सडकको विकास हुनेमा आशावादी बनेको बताइएको छ । राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे खण्डको काम अहिले भइरहेको छ । यो खण्डको १३ किलोमिटर कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले २०७९ साल असारमै जिम्मा लिएको थियो । २०८१ साल असार २४ मा सम्पन्न गर्ने गरी ४२ करोड ४७ लाख ६१ हजार रुपियाँ बजेट छ । यद्यपि यो क्षेत्रमा लक्ष्य अनुसार काम भइरहेको छैन ।

मदन भण्डारी राजमार्गले सुर्खेतको बड्डीचौर–बेनीघाट ९४ किलोमिटर जोड्छ । सांसद थानीका अनुसार खम्बागाडे–विद्यापुरसम्म १० किलोमिटर र बल्देदेखि लगाम बजारसम्म १५ किलोमिटर सडक निर्माणका लागि मन्त्रीस्तरीय निर्णय अनुसार दुई अर्ब ६० करोड रुपियाँ बजेट सुनिश्चितता भएको हो । अब यो सडकखण्ड पनि ठेक्का प्रक्रियामा जाने भएको छ । विद्यापुर–बल्देसम्मको २२ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ । मोतीदान कन्स्ट्रक्सनले एक अर्ब २७ करोड रुपियाँको लागतमा काम गरिरहेको छ । पश्चिम क्षेत्रमा वराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर