नेभिगेसन मेनु

मोटरसाइकलले ठक्कर दिँदा एक युवाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-02 12:59

sebhfws

पुस १७ गते । मोटरसाइकलको ठक्करबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १ निवासी ३६ वर्षीय सङ्गम प्रकाश गिरीको उपचारको क्रममा सोमबार राती कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । 

गिरीलाई चौरजहारी नगरपालिका –१ मा सोमबार बेलुका कर्णाली प्रदेश ०२–००– १ प ९०७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि चौरजहारी अस्पतालमा लिइएका गिरीको अवस्था गम्भीर भएपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लिइएको थियो । कोहलपुरमा उपचारको क्रममा गिरीको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ । 

मोटरसाइकल चालक चौरजहारी नगरपालिका वडा नम्बर १० निवासी विनोद ओलीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर