नेभिगेसन मेनु

राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता : २० स्वर्णसहित हिमा गाउँपालिका प्रथम
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-12-25 13:26

Jumla-Hima-gaupalika-First-Photo-

पुस ९ गते । जुम्लामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । तातोपानी गाउँपालिका–६ द्वारा हाँकु चौरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

सहभागी पालिकामध्य हिमा गाउँपालिकाले सञ्चालित विभिन्न विद्याका खेलमा २० वटा स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको हो । जसमा हिमाले करातेतर्फ १२ वटा, १५ सय मिटर दौडमा छात्रा÷छात्रतर्फ दुई वटा, तीन हजार मिटर दौड छात्रतर्फ एक वटा, हाईजम, लम्जम र त्रिपलम्जम तर्फ एक÷एकसहित २० वटा स्वर्ण पदक जितेको हिमा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ सय मिटर दौडमा छात्रा÷छात्रातर्फ गरी दुई वटा, त्रिपलम्जम दुई वटा, ज्याब्लीङ थ्रोमा एक गरी जम्मा आठ रजत पद हासिल भएको छ । हिमाले प्रतियोगिता जितेपछि खुशीयाली मनाएको छ ।

आयोजकका अनुसार समग्र प्रतियोगिताको द्वितीय चन्दननाथ नगरपालिका भएको छ । चन्दननाथले १२ वटा स्वर्ण पदकसहित दोस्रो स्थानमा हासिल गरेको आयोजकले जनाएको छ । चन्दननाथ छात्रतर्फको भलिबलमा उपविजेता बनेको छ ।

सञ्जा गाउँपालिका दुई वटा स्वर्ण पदकसहित तेस्रो भएको छ । सिञ्जाले लम्जम छात्रा तर्फ एक वटा, दुई सय मिटर दौड छात्रातर्फ एक वटा गरी दुई वटा स्वर्ण पदक जितेको सिञ्जा गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताउनुभयो । जिल्लाको सिञ्जा गाउापालिकामा सिँजाले दुईसय दुई मिटर दौड छात्रतर्फ एक वटा, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलम्जम छात्रातर्फ एक गरी जम्मा तीन वटा रजत र दुई वटा काँस्य पदसहित तेस्रो भएको हो ।

प्रतियोगितामा छात्रा भलिबलको बिजेता बनेको कनकासुन्दरी समग्र प्रतियोगिताको चौथो भएको छ ।  छात्रतर्फको भलिबल बिजेता बनेको तिला गाउँपालिका समग्र प्रतियोगितामा पाँचौ स्थानमा छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार विभिन्न चुनौतिका बिचमा प्रतियोगिता सम्पन्न भएको छ । अर्को पटक हिमा गाउँपालिकाले आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने पालिकाहरुले शिल्ट, प्रमाणपत्र, मेडललगायतका पुरस्कार पाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर