नेभिगेसन मेनु

जाजरकोटमा दुई सय किसानलाई राहत वितरण
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-29 12:47

Kisanlai-Rahat-photo-(1) (1)

पुस १३ गते । जाजरकोटमा भूकम्पका कारण प्रभावित दुई सय भन्दा धेरै किसानलाई राहत वितरण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोट र स्न्याज केयरको सहयोगमा नलगाडमा ९ टन पशुको दाना, २ सय थान त्रिपाल, १ टन नुन भूकम्प प्रभावित किसानलाई दिइएको हो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख ज्ञानु कुमार शर्माले पशु सेवा शाखा कार्यालयलाई औषधिसमेत गरेर ३६ लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको जानकारी दिनुभयो ।

किसानले हाल  सम्म  आफूहरूको पशु चौपायमा क्षति पुगे पनि कुनै  निकायबाट सहयोग नपाएको गुनासो गर्नु भएको थियो । भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाका १ सय ९२ घरमा पालिएका किसानको पशु चौपायमा क्षति पुगेको थियो ।

भूकम्पमा परी नलगाड नगरपालिकामा सबै भन्दा धेरै २१ वटा गाई गोरु, २० वटा राँगा भैंसी, २ सय १३ वटा भेडा बाख्रा र १ सय ३६ पन्छी मरेका कार्यालयले जानकारी दिएको छ । जाजरकोट जिल्लाभरिमा भूकम्पका  कारण पशु चौंपायामा ५ करोड भन्दा धेरैको क्षति भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जानकारी दिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर