नेभिगेसन मेनु

दक्षिणी हुम्ला जोडियो राष्ट्रिय सडक सञ्जालमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-23 12:34

humla-mantri

पुस ७ गते । हुम्लाको दक्षिणी क्षेत्रका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । सलीसल्लामा निर्माण भएको बेलिब्रिज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभएसँगै ती गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका हुन् ।

चङ्खेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि नयाँ बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । यसअघि अदानचुली र ताँजाकोट गाउँपालिका जोडिइसकेका थिए । यसअघि सलीसल्लाको कर्णाली नदीपारिसम्म मात्र यातायातका साधन आउने गर्थे । बेलिब्रिजको लम्बाइ ४८.७६८ मिटर रहेको छ भने ४.२० मिटर चौडा छ । 

गत जेठ १३ गते बेलिब्रिज निर्माणका लागि कङ्ग्री निर्माण सेवासँग हिल्सा–सिमकोट सडक आयोजनाले सम्झौता गरेको थियो । यसका लागि एक करोड ८६ लाख ७२ हजार ४६० रुपियाँ लागेको छ । 

बेलिब्रिज उद्घाटनपछि मन्त्री ज्वालाले समयमै पुल निर्माण भएका कारण नेपाल सरकारको यसै आर्थिक वर्षमा हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यलाई सघाउ पु¥याएको बताउनुभयो । उहाँले अब नेपालको एक मात्र जिल्ला राष्ट्रिय सडक सञ्जालले नजोडिनेमा हुम्ला रहेको र त्यो पनि ढिलोमा आगामी असार मसान्तसम्म जोडिने ठोकुवा गर्नुभयो । 

उहाँले सदरमुकाम सिमकोट सडक जोड्नका लागि चट्टानी भिर छारे क्षेत्रमा नेपाली सेनाले काम गरिरहेको र खार्पुमा रहेको दोजाम कर्णाली नदीमा एउटा बेलिब्रिज निर्माण अगाडि बढेको बताउनुभयो । उहाँले वर्तमान सरकारले विकासलाई प्राथमिकतामा दिएर काम गरेकाले यो बेलिब्रिज समयमै निर्माण भएको बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लालाई सडक सञ्जालसँग जोड्नका लागि मन्त्री र सचिवहरूको मन दुख्नुपर्ने र त्यो हुन सके विकासले गति लिने बताउनुभयो । 

उहाँले विकासका लागि जनता पनि सहयोगी हुन आवश्यक रहेको बताउनुभयो । हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद छिरिङ डम्डुल लामाले निर्वाचनमा गरिएको एउटा वाचा सलीसल्लामा पुल निर्माण भएबाट पूरा भएको बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पुल उद्घाटन गर्न आए जस्तै सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने कार्यक्रमको उद्घाटन गर्न आउन आतुर रहेको बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर