नेभिगेसन मेनु

स्थानीय प्रशासनकै अघिल्तिर तुरियामा तस्करी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-18 12:46

Untitled-1 (1)

माघ ४ गते । सुनवल नगरपालिकास्थित तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी भइरहेको छ । चुरे क्षेत्रको तुरियाखोला तिरमा पर्ने सुनवलको बेलारी, सोमैटोला, चारघरेलगायतका ठाउँबाट बिहान तीन बजेदेखि राति ११ बजेसम्म तस्करी हुने गरेको छ । 

चोरी तस्करी गर्ने गिरोहसँग स्थानीय प्रहरी प्रशासन, सुनवल नगरपालिकाका कर्मचारी, वन कर्मचारीलगायतको मिलेमतोमा यस्तो भइरहेको स्थानीयको भनाइ छ । तस्करी गर्ने गिरोहले केही स्थानीय युवालाई नदीबाट ढुङ्गा, गिट्टी, बालुवा निकालेर आफ्नो खेतबारीमा जम्मा (डम्पिङ) गर्न लगाउने र उनीहरूको जग्गाबाट टिप्परमा लोड गरी जिल्लाका विभिन्न सहरी क्षेत्र तथा रुपन्देहीका बुटवल–भैरहवा क्षेत्रमा बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निरन्तर चोरी तस्करी हुने गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “खोलाबाट चोरी तस्करी हुने गरेको अवश्य पनि हो । स्थानीय बासिन्दाले पनि गुनासो गर्न आउने गरेका छन् तर हामीले मात्र प्रयास गरेर रोक्न नसकिँदो रहेछ ।”

गुनासो आएका बेला नगरपालिकाले नगर प्रहरी पठाएर केहीलाई पव्रmाउ गरिएको बताइन्छ । सोमैटोलका स्थानीयका अनुसार खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने र तस्करी गर्नेले स्थानीय प्रशासन, नगरपालिका र वनका कर्मचारी सबैलाई मिलाएर यो काम गरिरहेका छन् । विगतका वर्षमा तुरियाखोलामा ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का लाग्ने गरेको भए पनि यसपालि नगरपालिकाले ठेक्का लगाएको छैन । सबैको मिलेमतोमा तस्करी भएकाले टेन्डर गरी ठेक्का लगाउने प्रव्रिmया नगरिएको स्थानीयको बुझाइ छ । इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक आशिष अधिकारीले पनि तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निरन्तर चोरी निकासी भइरहेको स्वीकार्नुहुन्छ । प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, “यो खोलाबाट चोरी हुने गरेको धेरै पहिलेदेखि रहेछ । सूचना पाएका बेला प्रहरी त्यहाँ पुग्ने गरेको छ । हामीले केही टिप्पर र ट्याक्टरसमेत पक्राउ गरेका छौँ तर प्रहरीले मात्र यसको नियन्त्रण गर्न सहज छैन । सबै निकायले समन्वय गर्न जरुरी छ ।” सुनवल नगरपालिकाका प्रहरी निरीक्षक दीपक अधिकारीले पनि चोरी तस्करी रोक्न आफूहरूले सक्दो प्रयास गरेको बताउनुभयो ।

स्थानीयका अनुसार प्रहरी, नगरपालिका कर्मचारी तथा वन कर्मचारीसमेतको मिलेमतो भएकाले यहाँको चोरी तस्करी रोक्न सकिने अवस्था छैन । तस्करले खोलाको सतहमा रहेका ढुङ्गा, गिट्टी, बालुवा करिब सकिसकेका छन् । उनीहरूले चुरे क्षेत्रमा समेत ट्याक्टर लगेर ढुङ्गा सङ्कलन गर्ने गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी आचार्यले ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी रोक्ने प्रयास जारी राखेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर