नेभिगेसन मेनु

आलु भन्दै भारतबाट प्याज ल्याउनेलाई पाँच लाख जरिवाना
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-29 14:18

sfhs

पुस १३ गते । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाखभन्दा बढी जरिवाना तिराएको छ । 

राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले दिनुभएको जानकारी अनुसार भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको बताउनुभयो । 

प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा २ हजार ८४० केजी प्याज फेला परेको हुँदा पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ जरिवाना तिराइएको छ । उहाँले भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको बताउनुभयो । 

सो गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरा प्याज फेला परेकोले सोको जरिवाना बापत लाग्ने रकम पाँच लाख सैँतिस हजार ३४१ रुपियाँ पूजा सब्जी मन्डी वीरेन्द्रनगरले तिरेपछि मात्र गाडी र प्याज दुवै छोडिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ । 

यसअघि पनि मूल्याङ्कन र परिमाण घटाएर सामान भित्राउने केही कन्टेनर र ट्रकमा रहेको सामानको अनुसन्धान गरेर आवश्यक जरिवाना लिएर छाडिएको सो कार्यालयले जनाएको छ । यसअघि भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको सो ट्रकमा केही बोरा आलु राखेर ठुलो परिमाणमा प्याज भेटिएपछि सशस्त्र प्रहरीले  पुस ८ गते राति नियन्त्रणमा लिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर