नेभिगेसन मेनु

चार विधेयक पारित
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-03 12:57

lumbini

पुस १८ गते  । लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनको १० र दोस्रो अधिवेशनको २५ वटा गरी ३५ बैठक बसेका छन् । सो बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भएको देखिन्छ । प्रदेश सभाले सो अवधिमा एउटा मूल विधेयक बनाउन सफल भएको छ र आठ वटा विधेयक प्रस्तुत भएका छन् ।  ती विधेयकमध्ये चार वटा पारित भएको संसद् सचिवालयले जनाएको छ । 

त्यसै गरी सालबसाली विधेयक दुई वटा, संशोधन विधेयक एउटा प्रदेश सभाले पारित गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको थियो । 

पहिलो प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको थियो । पाँच वर्षको अवधिमा प्रदेश सभाबाट मूल विधेयक ५० वटा, सालबसाली विधेयक १०, संशोधन विधेयक १२ वटा प्रदेश सभाबाट पारित भएर ऐनको रूपमा लागु भएको थियो ।

सदस्य नियमित हुँदैनन्

प्रदेश सभाको दोस्रो कार्यकालको ३५ वटा बैठकमा प्रदेश सभाका सभामुखसहित आठ जना प्रदेश सभा सदस्य मात्रै ३५ वटा बैठकमा नियमित सहभागी हुनुभएको छ । बाँकी भने बैठकमा नियमित देखिँदैनन् । 

प्रदेश सभा सचिवालयको हाजिरी तथ्याङ्कका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ३५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी हुनुभएको छ । अर्थमन्त्री धनबहादुर मास्की प्रदेश सभाका ३४ बैठकमा सहभागी हुनुभएको छ । उहाँ पहिलो अधिवेशनका १० बैठकमध्ये १० वटा र दोस्रो अधिवेशनमा बसेका २५ बैठकमध्ये २४ वटा बैठकमा सहभागी हुनुभएको छ । गृहमन्त्री सन्तोषकुमार पाण्डे ३१ वटा बैठकमा सहभागी हुनुभएको छ । 

स्वास्थ्यमन्त्री राजु खनाल पहिलो अधिवेशनमा आठ र दोस्रो अधिवेशनमा २१ वटा गरेर २९ वटा बैठक, कृषि भूमि व्यवस्थामन्त्री भण्डारीलाल १० बैठकमध्ये नौ र दोस्रो अधिवेशनका क्रममा बसेका २५ बैठकमध्ये २१ वटा बैठकमा उपस्थित हुनुभएको छ । 

प्रदेश सभाको एक वर्षको अवधिमा बसेका ३५ बैठकमध्ये सबैभन्दा बढी सभामुख तुलाराम घर्तीमगरसहित आठ प्रदेश सभा सदस्य ३५ वटै बैठकमा सहभागी हुनुभएको छ । सभामुख घर्तीमगर, सांसदहरू खड्ग बस्नेत, इन्द्रकुमारी गहतराज, सीता शर्मा, भगवती अधिकारी, यमबहादुर नेपाली सार्की, भूवनेश्वर चौधरी र सुशीला बादी ३५ वटै बैठकमा सहभागी भएको प्रदेश सभाको सचिवालयले जनाएको छ । यसै गरी संसद् बैठकमा सबैभन्दा कम सहभागी हुने प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र सीता गुरुङ रहनुभएको छ । एक वर्षको अवधिमा बसेका प्रदेश सभाका ३५ बैठकमध्ये प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र सीता गुरुङ १६/१६ वटा बैठकमा सहभागी हुनुभएको छ । 

सांसद अनुराग खड्का ३५ बैठकमध्ये पहिलो अधिवेशनका क्रममा सात वटा र दोस्रो अधिवेशनका १० वटा बैठकमा मात्रै सहभागी हुनुभएको छ । अर्का प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने पनि ३५ बैठकमध्ये १७ वटा बैठकमा मात्रै सहभागी हुनुभएको छ । प्रदेश सभा सदस्य सायरा बानो पहिलो अधिवेशनमा बसेका छ वटा बैठक र दोस्रो अधिवेशनका क्रममा बसेका १३ बैठकमा सहभागी हुनुभएको छ भने आदेशकुमार अग्रवाल प्रदेश सभाका ३५ बैठकमध्ये १९ बैठकमा सहभागी हुनुभएको छ । उहाँ पहिलो अधिवेशनमा बसेका आठ र दोस्रो अधिवेशनका क्रममा बसेका ११ बैठकमा सहभागी हुनुभएको संसद् सचिवालयको हाजिरी तथ्याङ्कले देखाएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर