नेभिगेसन मेनु

सिद्धबाबा सुरुङ मार्गको निर्माण सुस्त
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-19 14:59

siddada-baba-ma-mantri-jwala

पुस ३ गते ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले आठ/नौ प्रतिशत मात्रै काम भएको छ, कामको रफ्तार बढाउन स्थलगत निरीक्षण गरिएको हो । समस्या कहाँनिर छ, त्यो हामी सुन्छौँ तर बहाना बनाएर ढिलाइ गर्न पाइँदैन ।” मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रूपमा पूरा गर्नका लागि आकस्मिक रूपमा निरीक्षण गरिएको बताउनुभयो । 

उहाँले निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताउनुभयो । मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वारसहित तीन वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि सात अर्ब ३४ करोड सम्झौता गरेको हो । निरीक्षणमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कामले गति लिन नसकेको स्वीकार गर्नुभयो । उहाँले सुरुङमार्ग नेपालका लागि नयाँ भएकाले अहिले बाहिरी डिजाइन स्वीकृत गरेर काम भइरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि निरीक्षण गरेका गर्नुभएकोे छ । उहाँले सडक निर्माण समयमा पूरा नहँुदा नागरिकले सास्ती पाएको विषयमा जनगुनासो व्यापक भएकाले आफू निरीक्षणमा आएको बताउनुभयो । मन्त्री ज्वालाले आफू बुटवल–नारायणगढ सडकको काममा भइरहेको ढिलाइप्रति निकै चासो रहेको बताउनुभयो । उक्त अवसरमा बुटवल–नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शशाङ्क मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ । मन्त्री ज्वालाले हुलाकी सडकखण्डको समेत निरीक्षण गर्नुभएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर