नेभिगेसन मेनु

घर बनाइदिन आग्रह गर्दै बादी समुदायद्वारा ज्ञापनपत्र
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 12:56

gyapan-patra-2-badi

पुस ६ गते । बाँकेका घरबासविहीन बादी समुदायले लुम्बिनी प्रदेससभा सदस्य समक्ष आफ्नो घर बनाइदिन आग्रह गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।

बाँकेको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेस सांसद दुर्गाप्रसाद चौधरीसमक्ष कोहलपुर नगरपालिका भित्र बसोबास गरिरहेका बादी समुदायले आफ्नो घर निर्माण गरिदिनका लागि आग्रह गर्दै बिहीबार ज्ञापनपत्र बुझाएका हुन् ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित लोकनगरमा रहेका बादी समुदायले सांसद चौधरीसमक्ष जनता आवास कार्यक्रममार्फत् घरबास बनाइदिनका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बादी समुदायका अध्यक्ष टीका बादीले जानकारी दिनुभयो ।

बादी समुदायको उत्थानका लागि दिगो रुपमा आयआर्जनको व्यवस्थापनका लागि विभिन्न सिपमूलक तालिम तथा घर निर्माण गर्नका लागि जनता आवस कार्यक्रममा प्राथमिकताका साथ समावेश गरी सम्पूर्ण बादी समुदायको घर निर्माण गर्न आग्रह गर्दै सांसद चौधरीसमक्ष ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।

बादी समुदायको ज्ञापनपत्र बुझ्दै पूर्वमन्त्री समेत रहुनभएका सांसद चौधरीले जनताका आधारभूत आवश्यकताहरुमा आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाउनुभयो । उहाँले बादी समुदायको उत्थान तथा आयआर्जनमूलक कार्यक्रमहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै घरबास निर्माणका लागि जनता आवास कार्यक्रममा समावेश गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

यसअघि पनि विपन्न समुदायलाई लक्षित गरी सङ्घीय विषेश अनुदान कार्यक्रममार्फत् दलित तथा विपन्न समुदायअन्तर्गत कोहलपुरको १४ र १५ नम्बर वडाका खटीक समुदायसहित बादी तथा गन्धर्व समुदायको उत्थानका लागि आयआर्जन तथा परम्परागत सिपमार्फत् पुख्र्यौली पेशालाई संरक्षण र सम्बर्द्धन गर्न एक करोड रुपियाँ बराबरको रकमबाट विभिन्न कार्यक्रम गरिएको सांसद चौधरीले जानकारी दिनुभयो ।

बादी समुदायले ज्ञापनपत्रमार्फत् राख्नुभएका विभिन्न मागहरुलाई सम्बोधन गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश गर्न सक्रियताका साथ पहल गर्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब तथा विपन्न वर्गका नागरिकहरुको माग, समस्या तथा गुनासाहरु सङ्कलन गरिरहेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका विभिन्न वडामा बादी समुदायका १ सय २ घरपरिवार रहेको कोहलपुर नगरपालिकाका पूर्व कार्यपालिका सदस्य तथा उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिलबहादुर परियारले जानकारी दिनुभयो ।

यसअघि सङ्घीय सरकारको बजेटबाट एकीकृत नमुना वस्तीमार्फत् घरबासविहीन एक परिवार वादी समुदाय र १९ परिवार गन्धर्व समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बादी समुदायको १ सय २ परिवारमध्ये २०७४ देखि २०७९ सम्ममा आठ परिवारलाई जनता आवास कार्यक्रममार्फत् घर निर्माण गरी हस्तान्तरण गरिएको परियारले बताउनुभयो । बाँकी रहेका बादी समुदायले घर निर्माण तथा आयआर्जनका लागि सिपमूलक तालिमको माग गर्दै सांसद चौधरीसमक्ष ज्ञापनपत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर