नेभिगेसन मेनु

सुक्खा पहिरोमा जोखिम यात्रा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 12:58

sadak,-humla-Rajan

पुस ६ गते । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगाड गाउँपालिका–१ को खच्चामा सुक्खा पहिरो खस्ने गरेको छ । यातायात व्यवसायीले जोखिम मोलेरै सो सडकमा गाडी सञ्चालन गर्दै आएका छन् ।

जतिखेर पनि सुक्खा पहिरो गइरहने अवस्था छ । सो सडकबाहेक अन्य विकल्प पनि नभएकाले जोखिम उठाएर यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको व्यवसायी बताउँछन् । सुर्खेतबाट सो सडकमा बोलेरो सञ्चालन गर्दै आएका अमृत मगरले खच्चा क्षेत्र आयो कि जिप चलाउन डर लाग्ने बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा जतिखेर पनि भिरालो जमिनमा माथिबाट सुक्खा पहिरो खसिरहने गर्छ । 

अघिल्लो हप्ता अमृतले चलाएको जिपलाई पहिरोले छोपेको थियो । पहिरोमा माटो मात्र भएका कारण यात्रु र आफू सुरक्षित हुन सकेको चालक अमृतले बताउनुभयो । पहिरो खस्दा डर मान्ने यात्रु गाडीबाट झरेर पहिरो क्षेत्रमा पैदल हिँड्ने गर्छन् । ट्रकचालक दिपम भण्डारीले खच्चा क्षेत्रमा पहिरोले भत्केको सडकमा गाडी चलाउन कठिन हुने गरेको बताउनुभयो ।  एक सय मिटर लामो उक्त खण्डको सडक यात्रु, चालक र सहचालक मिलेर दैनिक पहिरो सफा गर्ने गर्छन् । सो क्षेत्र आउने बेला सावधानी अपनाएर मात्र गाडी चलाउनुपर्ने बाध्यता छ । 

५० मिटर माथिबाट सडक भासिँदै गएको बताइन्छ । सुक्खा पहिरो गइरहने भएका कारण यातायात सञ्चालनमा समस्या भइरहेको अस्थायी प्रहरी चौकी तुम्चले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर