नेभिगेसन मेनु

चुरे क्षेत्रका स्थलगत निरीक्षण गर्दै प्राकृतिक स्रोत समिति
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-22 12:52

utkhanan-kshetrko-anugaman-news.photocapsion-jibachh

पुस ६ गते । मधेश प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण समितिले धनगढीमाई नगरपालिका १२ र १३ नम्बर वडामा पर्ने चुरे क्षेत्र सर्रे अम्बासको स्थलगत निरीक्षण गरेकोछ ।

समितिका सभापति शान्ता पहाडीको नेतृत्वमा समितिका सदस्य तथा प्रदेशसभाका सदस्यहरु सन्जिला यादव, त्रिभुवन साह, मनोज सिंह, धनगडीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतो र जिल्ला समन्वय समितिका प्रमुख दिनेशमहतोले बिहीबार स्थलगत निरीक्षण गर्नु भएको थियो ।

मधेश प्रदेशको आठवटै जिल्लामा भइरहेको चुरे दोहन, अवैद्य गिट्टी बालुवा उत्खन्न कार्य रोक्न र यस कार्यमा संलग्न जोकोहीलाई कानुनी कारवाही गर्न प्रदेश सरकारलाई सिफरिस गर्ने सभापति पहाडीले दृढता व्यक्त गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘‘सिरहा डिभिजन वन कार्यलयले थालेको कारवाहीको प्रक्रिया अपनाउने कार्यालय प्रमुख सुजित कुमार झाले देखाउनु भएको हिम्मत र जिलला समन्वय समिति सिरहाको प्रमुख दिनेश महतोको सक्रियता सराहनीय छ ।’’

सिरहा डिभिजन वन कार्यालय लहानले अवैद्य ढुङ्गा गिट्टी तथा बालुवा उत्खन्न गराएको आरोपमा धनगडमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेपछि समितिले चासो लिइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको अनुसार सत्यको विस्फोटन भएको छ । एका वर्षदेखि निरन्तर अवैद्य गिट्टी बालुवा उत्खन्न भइरहेको सार्वजानिक अभिव्यक्ति दिई सम्बन्धित निकायहरुलाई ध्यान केन्द्रित गराइ रहेको थिए । सिरहा डिभिजन वन कार्यालयले बल्ल सक्रियता देखाएर कारबाहीका लागि अघि बढेको हो ।

सिरहा डिभिजन वन कार्यालय लहानका प्रमुख सुजित झाले अवैद्य रुपमा धनगडीमाई नगरपालिका सर्रेअम्वासमा गिट्टी बालुवा उत्खन्नमा संलग्न रहेको व्यक्तिहरुको सात ट्याक्टर र तिनका चालकलाई गत मङ्सिर १५ गते नियणत्रणमा लिई हाल सवारी साधनसहित पक्राउ परेका मञ्जित कुमार यादव, फुल कुमार यादव, सन्दिप कुमार यादव, अरविन्द किशोर यादव, रामकुमार यादव, इन्द्रजित महतो, रमनकिशोर यादव, पुरुषेतम यादव, धनगठीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, प्रशासन सहायक रञ्जित सिंह र वरुण कन्सट्रक्शनका सञ्चालक निलम कुमारी यादवविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

वन नियामवली २०७९को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६को दाफा ३ (ख) बमोजिम गिटी वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ४ (ख) र ६ (३) बमोजिम प्रक्रिया पूरा नगरी अवैद्य ढुङगा, गिट्टी तथा बालुवाको उत्खन्न गर्ने गराउने कार्यमा संलग्न रहेको सिरहा डिभिजन वन कार्यालयको विज्ञप्तिमा उल्लेख रहेको छ ।

धनगढीमाई नगरपालिकाबाट सुरु भएको मुद्दा दायर गर्ने प्रक्रिया लहान नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिकामा समेत अनुसन्धान जारी रहेको कार्यालय प्रमुख झाले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर