नेभिगेसन मेनु

घरटहरा बनाउँदै पाल्पाली टोली
सम्पादक:南亚网络电视
समय:2023-11-29 16:19

ण

तानसेन, मङ्सिर १३ गते । पाल्पाको एक टोलीले जाजरकोट र रुकुमपश्चिम पुगेर अस्थायी घर तथा टहरा निर्माण गरेको छ । रुकुमपश्चिमका भूकम्प प्रभावितको पुनर्बासका लागि गत मङ्सिर ५ देखि नै पाल्पाको टोलीले घरटहरा निर्माण गरेको हो । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३, घेत्मामा पाल्पाबाट गएको टोलीले अस्थायी घरटहरा निर्माण गरिरहेको जनाइएको छ । सो टोलीले भूकम्प प्रभावितका लागि १८ वटा घरटहरा निर्माण गरेको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । 

भूकम्प प्रभावितको राहत र अस्थायी आवास निर्माणका लागि नेकपा (एमाले) पाल्पाबाट युवा, विद्यार्थी तथा पार्टीका नेताकार्यकर्ता सहभागी भएको युवा सङ्घका नेता राजेश भट्टराईले जानकारी दिनुभयो । 

राहत रकम जुट्दै

रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले भूकम्प प्रभावितको राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । रैनादेवी छहरा गाउँपालिकाले तीन लाख रुपियाँ भूकम्प प्रभावित परिवारका लागि सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पाँच दिन बराबरको तलब, वडाध्यक्षहरूले दुई दिन बराबरको र वडा सदस्यहरूले एक दिन बराबरको तलबभत्ता उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । 

जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको राहत, उद्धार तथा पुनस्र्थापनामा उक्त रकम खर्च गर्ने गरी कोषमा सङ्कलन गरिने उहाँले बताउनुभयो । रिब्दीकोट गाउँपालिकाले एक लाख ६६ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपत् कोषबाट एक लाख र जनप्रतिनिधिहरूतर्फबाट ६६ हजार रुपियाँ भूकम्प प्रभावित परिवारलाई सहयोग गरिने अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि पाल्पाको माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाले राहत दिइसकेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर