नेभिगेसन मेनु

चिनियाँ उपमन्त्री लुम्बिनीमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-17 12:44

lumbini_uk7XPTF6Ex

पुस १ गते । चिनियाँ उपमन्त्री वाङ रुइजुनले लुम्बिनीको भ्रमण गर्नुभएको छ । उपमन्त्री वाङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागत गर्नुभएको थियो । 

चिनियाँ उपमन्त्री वाङ रुइजुनसहित प्रवासी मित्रता सङ्घका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक गुआङ्दोङ, धार्मिक तथा सांस्कृतिक आदान प्रदान सङ्घका अध्यक्ष झाङ वेई सम्मिलित टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायतका विषयमा उपाध्यक्ष डा. लामाले ध्यानाकर्षण गराउनुभएको थियो ।

उक्त भेटघाटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा छलफल भएको थियो । उपाध्यक्ष डा. लामाले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहजीकरण एवं चिनियाँ पर्याटक भित्र्याउन चीनको गोन्जाउ विमानस्थलबाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि चिनियाँ उपमन्त्री वाङसँग आग्रहसमेत गर्नुभयो । वाङले शुक्रबार र शनिबार लुम्बिनीको भ्रमण गर्नुभएको हो ।

भेटघाटमा उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देशबिच धार्मिक सांस्कृतिक एवं सामाजिक साझेदारीसहितको मित्रवत् सम्बन्ध राख्न चाहेको बताउनुभएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर