नेभिगेसन मेनु

‘हनी ट्रयाप’ महिलालाई डेढ वर्ष कैद
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-20 13:04

Dang-Jilla-Adalat-

पुस ४ गते । आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ । जिल्ला अदालत दाङले ‘हनी ट्रयाप’ मुद्दामा तीन जना महिलालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद फैसला गरेको हो । 

न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्धारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा कोठा गरी बस्ने सीतादेवी थापासहित घोराही उपमहानगरपालिका–५, सुषमा परियार र खुमा वलीलाई दोषी ठहर गर्दै जनही एक वर्ष छ महिनाको कैद सजाय सुनाएको छ । 

त्यस्तै जनही १५/१५ हजार रुपियाँ जरिबाना तिराउने आदेश भएको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभएको छ । 

मुलुकी अपराधसंहिता २०७४ को दफा २५३ को उपदफा १,२ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार जनही एक वर्ष छ महिना कैद सजाय र जनही १५/१५ हजार रुपियाँ जरिबानाको व्यवस्था गरिएको छ । 

जनही १० हजारका दरले जाहेरवाला तथा पीडितपक्षलाई क्षतिपूर्ति दिने फैसला गरेको स्रेस्तेदार घिमिरेले बताउनुभयो । आपराधिक लाभ उठाउने मुद्दामा जिल्ला अदालतबाट भएको यो पहिलो फैसला हो । 

अदालतका स्रेस्तेदार घिमिरेले भन्नुभयो, “आपराधिक लाभको मुद्दामा दाङ जिल्ला अदालतबाट फैसला भएको यो पहिलो घटना हो ।”  

होटेलमा खाजा खान बोलाएर ५० लाख रुपियाँ माग्ने र पैसा नदिए बलात्कारको आरोप लगाई फसाइदिने डरधम्की देखाउने गरेको भन्दै परिवर्तित नाम भद्रबहादुर जैसीले २०७८ असोज २ गते जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराउनुभएको थियो । 

सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७८ असोज १९ गते अदालतमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दा दर्ता भएको करिब दुई वर्षपछि प्रतिवादी महिलालाई दोषी ठहर गरेको हो । 

सीतादेवीले नाम परिवर्तित भद्रबहादुर जैसीसँग एक लाख लिएको स्वीकार गरेकाले उक्त पैसा जाहेरीवालालाई दिलाउने फैसला गरेको छ । ‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेका सीतादेवी थापा एक लाख ५० हजार, सुषमा परियार ७० हजार र खुमा वली ८० हजार रुपियाँ धरौटीमा २०७८ असोज २२ गते छुटेका हुन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर