नेभिगेसन मेनु

सङ्घीय संरचना अनुसार पार्टीलाई चलायमान बनाउन आग्रह
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-04 13:11

sdfhbsfd

मङ्सिर १८ गते । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । 

शनिवारबाट सुरु भएर आइतबार सम्पन्न भएको काँग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।

सम्मेलनको समापनपछि काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सङ्घीय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गर्दै प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्ने बताउनु भयो । 

प्रदेश सभापति पुनले सङ्घीय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलन मार्फत आग्रह गरिएको जानकारी दिनुभयो ।  

प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ भन्ने सुझाव सम्मेलनमा उठेको छ । 

मुलुकको विकास र समृद्धिको लागि अरू पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तर पार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । 

पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरू पनि तल्लो तहबाट स्वतः प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्न, सबैले तलैदेखि प्रतिस्पर्धा गरेर आउनुपर्ने काँग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

शनिवार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आइतबार बन्द सत्र भएको हो । काँग्रेसका केन्द्रीय महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूह बनाएर छलफल भएको थियो । 

सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरू, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय बिको सहभागिता थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर