नेभिगेसन मेनु

अधिकृतको बिहेमा गाईवस्तुलाई भोज
सम्पादक:南亚网络电视
समय:2023-12-07 16:30


तुलसीपुर मङ्सिर २१ गते । चैनपुर नगरपालिकाका अधिकृत सुशील खड्काले आफ्नो बिहेमा गाईवस्तुलाई भोज खुवाएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा घर भएका अधिकृत खड्का र तुलसीपुर उपमहानगरपालिका ३ का प्राप्ति कँडेलबीच मङ्सिर १८ गते हेटौँडामा सामान्य विवाह भएको हो ।

बिहेमा न जन्ती थिए न भोज नै थियो । खड्काले बिहेमा हुने फजुल खर्च कटौती गरेर आफ्नै गाउँ नजिक रहेको गौशालामा गाईवस्तुलाई परालको जोहो गरिदिनुभयो । आदित्यनाथ गौशालामा रहेका गाईवस्तुलाई चार ट्याक्टर परालको व्यवस्था गरिदिनुभयो । खड्काका बुवा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गौशालाका अध्यक्ष भरतनाथ योगीलाई पराल हस्तान्तरण गर्नुभएको हो । 

गौशालाका अध्यक्ष भरतनाथ योगीले पराल प्राप्त गरेपछि १५ दिनका लागि गाईवस्तुलाई आहारा पुग्ने बताउनुभयो । उहाँका अनुसार गौशालामा तीन सय गाईवस्तु छन् । 

अधिकृत सुशील खड्काले गाउँ नजिकै रहेका गाईवस्तु खान नपाएर बिरामी परेको सुनेपछि केही दिनका लागि आहारा होला भनेर परालको व्यवस्था गरेको बताउनुभयो । प्राप्ति कँडेलले 'समाज परिवर्तन आफैंबाट गरौं' भनेर फजुल खर्चलाई सामाजिक कार्यमा उपयोग गरेको बताउनुभयो । 

उहाँले युवा पुस्ता नै विवाहका नाममा भड्किलो र खर्चिलो कार्यमा लागेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि आफूहरुले तुलसीपुर उपमहानगरपालिका-१९ सक्रामकी क्यान्सरपीडित विष्णुकुमारी रावतलाई पाँच हजार र तुलसीपुर उपमहानगरपालिका-३ मा रहेको सरस्वती माध्यमिक विद्यालय दमारगाउँ कक्षा ३ मा अध्ययरत अन्जन खड्का र कक्षा ९ मा अध्ययनरत आशा राणालाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर