नेभिगेसन मेनु

नदी गहिरिँदा जोखिममा पुल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-21 12:00

repka-pul-gulmi

मङ्सिर ५ गते । कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ । सो पुल २०५२ सालमा निर्माण गरिएको हो । पुलको पिल्लरको तल्लो भाग देखिन थालेपछि यात्रु र सवारीचालक जोखिम महसुस गर्न थालेका छन् । 

कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जोखिमपूर्ण बनेको एक दशक भइसकेको छ तथापि सो पुलको मर्मततर्फ कसैको ध्यान जान सकेको छैन ।

बुटवल र पोखरादेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहलकदमी नलिएको सवारीधनी र स्थानीयले गुनासो गर्दै आएका छन् । जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै जनताको सुरक्षाबारेमा कसैले चासो नदेखाएको सवारीचालक गगन तरामुले बताउनुभयो । सो पुल हुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प छैन ।

वर्षौंदेखि जीर्ण पुलका बारेमा कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको स्थानीय बासिन्दाले बताएका छन् । यस स्थानमा नयाँ पुल निर्माण गर्न पहल गर्नुपर्ने स्थानीय मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको पुलको ठाउँमा नयाँ पुल निर्माण गर्न स्थानीय सरकारको पहल जारी रहेको बताउनुभयो ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर