नेभिगेसन मेनु

चुहावट नियन्त्रणले बढ्यो नगरको आम्दानी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-08 13:12

tansennew

मङ्सिर २२ गते । राजस्व चुहावट नियन्त्रणमा सक्रिय भएपछि तानसेन नगरपालिकाले आन्तरिक आम्दानी बढाएको छ । नगरपालिकाले विभिन्न स्थानबाट उठाउँदै आएको राजस्व सङ्कलन प्रणालीलाई प्रभावकारी बनाउँदै चुहावट नियन्त्रणमा लागेपछि नगरपालिकाको आन्तरिक आम्दानी ३३ प्रतिशतले वृद्धि भएको हो । 

नगरको कर्मचारी, विभिन्न निर्माण व्यवसायी साना तथा ठुला करदाताबाट हुने चुहावटलाई नियन्त्रण गर्न नगरपालिका क्रियाशील छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले विभिन्न व्यक्ति, फर्म तथा मिलेमतोमा हुने चुहावट नियन्त्रणसँगै नगरपालिकाले आन्तरिक आम्दानी बढेको बताउनुभयो । विगतका वर्षमा विभिन्न क्षेत्रमा हुँदै आएको आन्तरिक आम्दानीको तुलनामा गत वर्ष ३३ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । नगरपालिकाले आन्तरिक आम्दानी बढाउन अहिले धेरैजसो स्थानमा आफ्नै कर्मचारी खटाएको उहाँको भनाइ छ । 

पार्किङ शुल्क, पूर्वाधार विकास शुल्क, पर्यटन शुल्क, सिफारिस दस्तुर, बहाल कर, ढुङ्गा, गिट्टी, बालुवाको रोयल्टी नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत हो । यस्तै व्यवसाय शुल्क, मनोरञ्जन कर, नक्सापास दस्तुर, बहाल बिटौरी कर तथा अन्य सेवा शुल्क नगरपालिकाले लिँदै आएको छ । 

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले ठेक्कामार्फत शुल्क उठाउन दिइएका ठेक्कालाई तोडेर आफैँ शुल्क उठाउने, ढुङ्गा, गिट्टी र बालुवा निकासीमा वैज्ञानिक प्रणाली अपनाइएको जानकारी दिनुभयो । 

नगरपालिकाले हरेक वर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राख्ने तर आम्दानी नहुँदा विकास निर्माणमा समेत अवरोध हुने देखेपछि कर प्रणालीलाई व्यवस्थित बनाएर अघि बढेको उहाँले बताउनुभयो । नगरपालिकाले पछिल्लो पटक गरेको राजस्व सङ्कलन प्रणाली प्रभावकारी बनेको उहाँले दाबी गर्नुभयो । यही प्रणाली अनुसार आगामी वर्ष थप ३३ प्रतिशतले आम्दानी बढ्ने अनुमान गरेको उहाँले बताउनुभयो । नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले आन्तरिक आम्दानी उठाउने क्षेत्रमा हुने चुहावटलाई पारदर्शी बनाउनासाथ आम्दानी बढेको जानकारी दिनुभयो । यसअघि ढुङ्गा, गिट्टी, बालुवा निकासीको रोयल्टीमा सबैभन्दा बढी चुहावट भएको थियो । आफ्नै कर्मचारीबाट समेत रोयल्टी चुहावट हुने गरेकोमा अहिले त्यसलाई नियन्त्रण गरिएको आचार्यले बताउनुभयो ।  

तानसेन नगरपालिकाले गत आव २०७९/८० मा सात करोड २६ लाख, ६८ हजार रुपियाँ आम्दानी गरेको छ । अघिल्लो आव २०७८/७९ मा झन्डै पाँच करोड ५० लाख रुपियाँ मात्र नगरको आम्दानी भएको थियो । विभिन्न क्षेत्रबाट नगरपालिकाको आयमा चुहावट देखिएको गुनासो आएपछि आन्तरिक आम्दानी बढाउन नगरपालिकाले चुहावटमा संलग्न कर्मचारीमाथि कारबाही गरेको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर