नेभिगेसन मेनु

जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-14 16:32

accident (1)

मंसिर २८ गते । प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदैगरेको लु ३ च ६८४७ नम्वरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो । 

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ बर्षीय दामोदर नेपालीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जिपको टायर पञ्चर भएर जिप दुर्घटनामा परेको थियो । 

दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उहाँहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर