नेभिगेसन मेनु

बढ्यो झिनियाँको बिक्री
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-11 14:03

Untitled-1 (6)

कात्तिक २५ गते । तिहार पर्व नजिकिँदै गर्दा झिनियाँ रोटीको कारोबार बढेको छ । तिहारका बेला खाद्यवस्तुका रूपमा प्रयोग हुने झिनियाँ रोटीको कारोबार बढेको यहाँका साना व्यवसायीले बताएका छन् । 

तिहारलगायतका चाडपर्वमा रोटीका रूपमा झिनियाँ पाहुनालाई दिने प्रचलन छ । तिहारका बेला पाल्पाका व्यापारीले एक लाखदेखि १० लाखसम्मका झिनियाँ बिक्री गर्ने गरेको बताएका छन् । तिहार पर्वमा मुख्य रूपमा प्रयोग हुने झिनियाँ बनाएर साना व्यापारीले बुटवल, भैरहवा, काठमाडौँ र पोखरासम्म निर्यात गर्ने गरेको माथागढी–३, कसेनीका व्यापारी नवलप्रसाद श्रेष्ठले बताउनुभयो । आफूले भदौदेखि नै झिनियाँ बनाउन सुरु गरेको र अहिले सुकेका झिनियाँ बुटवल र भैरहवा निर्यात गरेको उहाँले बताउनुभयो । जिल्लाभित्रबाट भन्दा बाहिरी जिल्लाबाट झिनियाँको माग अत्यधिक भएपछि माग धान्न गाह्रो रहेको श्रेष्ठले सुनाउनुभयो । 

यहाँका व्यापारीले तयार गरेका झिनियाँ ठुला सहरमा बिक्रीका लागि जाने गरेको छ । नेवार समुदायले तिहारका बेला सबैभन्दा बढी झिनियाँको प्रयोग गर्ने भएकाले यतिबेला यसको माग अत्यधिक रहेको बगनासकाली–२, पोखराथोककी किसान सीता गैरेले बताउनुभयो । १० वर्षदेखि झिनियाँको बिक्री गर्दै आउनुभएकी गैरेले वार्षिक चार लाखसम्मको झिनियाँ रोटी बिक्री गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार झिनियाँ प्रतिदर्जन १८० रुपियाँमा बिक्री हुने गरेको छ । 

झिनियाँ रोटीको बिक्री राम्रो भए पनि पछिल्लो समय घरमा बस्ने महिलासमेत यसप्रति आकर्षित हुन थालेका छन् । तीन दशकदेखि झिनियाँ उत्पादन र बिक्री गर्दै आउनुभएकी तानसेन–३, टक्सारटोलकी नारायणीदेवी वज्राचार्यले वार्षिक आठ लाखभन्दा बढीको झिनियाँ बिक्री गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँतिहारको समयमा मात्र पाँच लाख रुपियाँको झिनियाँ क्रीहुन्छ, अन्य समयमा पनि बिक्री हुन्छ ।” पछिल्लो समय दसैँतिहार पर्वमा मात्र होइन, अन्य चाडपर्व, विवाह, व्रतबन्ध र अन्य पूजाआजामा समेत झिनियाँ रोटीको रूपमा दिने प्रचलन बढेको व्यवसायीको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर