नेभिगेसन मेनु

विद्यार्थीको आकर्षण आइटीमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-06 13:06

ltu-student

मङ्सिर २० गते । नेपालगन्जमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि (आइटी) विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ। आइटी विषयमा स्नातक तहमा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले यसको भविष्य तथा सम्भावना राम्रो भएको बताएका छन्। 

आइटी कोर्समा अध्ययनरत विद्यार्थीसँगको एक अन्तर्क्रिया कार्यक्रममा सहभागीले रुचि र आकर्षण भएका कारण आफूहरू आइटी शिक्षा अध्ययन गर्न आएको बताएका छन्। नेपालगन्ज रामनगरकी तृष्णा विकले नर्सिङ पढ्ने इच्छालाई त्यागेर आइटी पढ्न आएको बताउनुभयो। 

महाराजगन्ज–५, कपिलवस्तुका व्रिजमोहन पासी पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बी टेक इन आइटी विषयमै भर्ना हुनुभएको छ। “भविष्यमा सफ्टवेयर विकास गर्ने लक्ष्य छ, गणित पढेर शिक्षक बन्ने इच्छा मारेर सफ्टवेयर विकास गर्ने लक्ष्य पूरा गर्नका लागि आइटी विषय रोजेको भनाइ उहाँको छ। विद्यार्थी पासीले भन्नुभयो, “तीनवर्षे कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा कोर्षसमेत गरेको छु, यो विश्वविद्यालयमा ७५ प्रतिशत छुटमा छात्रवृत्तिमा १ नम्बरमा नाम निस्कियो, घरको अवस्था अत्यन्तै कमजोर थियो, छात्रवृत्ति पाएपछि सहज भएको छ।”

विदेश जाने सोच त्यागेर बी टेक इन आइटीमा भर्ना भएकी कोहलपुर नगरपालिका–५ की शर्मिला शाहीले सिटिइभिटीबाट तीनवर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कोर्ष पूरा गरेको बताउनुहुन्छ। 

राप्ती गाउँपालिका–४, मौरीघाट दाङका भेषमान कुँवरले छोरी सुषमाको इच्छा अनुसार प्रविधि क्षेत्रमा बी टेक इन सिएस एन्ड एआइमा भर्ना गरेको बताउनुभयो। लुम्बिनी प्रदेश सरकारको गौरवको योजना अन्तर्गत लुम्बिनी प्राविधिक विश्वविद्यालय २०७९ असार १८ गते नेपालगन्जमा स्थापना भएको हो। सो विद्यालयमा आइटी अध्ययन गर्न इच्छुक विद्यालयको चाप बढ्दै गएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर