नेभिगेसन मेनु

लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-05 14:19

laingik-himasa-pgm-palpa

मङ्सिर १९ गते । लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तानसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । 

सहभागीहरूले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताएका छन् । पीडितले सामाजिक अपहेलनाका कारण हिंसाका घटनालाई बाहिर ल्याउने अवस्था नरहेको भनाइ महिला अधिकारकर्मीको छ । 

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशीका ज्ञवालीले हिंसा गर्ने व्यक्ति माथिल्लो तहको हुने हुँदा तल्ला तहका व्यक्ति वा बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई सक्षम बताउनुपर्ने धारणा राख्नुभयो । जबसम्म हिंसामा परेका व्यक्ति सक्षम भएर घटना बाहिर ल्याउन तयार हुँदैनन् तबसम्म हिंसा न्यूनीकरण गर्न गाह्रो हुने उहाँको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सबै तह र तप्कामा समान रूपमा अधिकारको बाँडफाँट र जिम्मेवारी भएको खण्डमा हिंसा न्यूनीकरण हुने बताउनुभयो । पछिल्लो समय हिंसा न्यूनीकरण गर्न राज्यले नै संविधान, ऐन र कानुनमा समान सहभागिता र समान अवसरका लागि बाटो खोलेको जानकारी उहाँले दिनुभयो । 

समान अवसर र अर्थपूर्ण सहभागिताले हिंसालाई न्यूनीकरण गर्न सहयोग पु¥याउने धारणा पनि उहाँले राख्नुभयो । हिंसा भनेको जानेबुझेकै व्यक्तिबाट हुने हुँदा त्यस्ता व्यक्तिलाई सतर्क गराएको खण्डमा हिंसालाई कम गर्न सकिने दाबी गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले पाल्पामा हरेक वर्ष लैङ्गिक हिंसा बढ्दै गएको बताउनुभयो । पछिल्लो समय महिला मात्र होइन, पुरुष पनि आर्थिक र सामाजिक रूपमा हिंसापीडित बनेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा प्रहरीमा आठ जना पुरुष हिंसामा परेको उजुरी आएको थियो । कमजोर पक्ष भनेर दिइएको अधिकारको दुरुपयोग हुँदा पुरुष पनि महिलाबाट पीडित बनेको घटना सार्वजनिक हुन थालेको उहाँले स्पष्ट पार्नुभयो । 

नेपाल बार एसोसिएसन पाल्पाका सचिव शान्ति बस्यालले आफू महिला भए पनि महिला मात्र हिंसामा छन् भनेर अहिलेको अवस्थामा भन्न नसकिने धारणा राख्नुभयो । हिंसा न्यूनीकरणका लागि शिक्षा र जनचेतनाको ठुलो महत्व रहने सामाजिक डिभिजन कार्यालय पाल्पाका प्रमुख मित्र गौतमले बताउनुभयो ।

हिंसामा परेका महिला, ज्येष्ठ नागरिक, तेस्रो लिङ्गी, बालबालिकाको उद्धारका लागि प्रदेश सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर