नेभिगेसन मेनु

अपांगमैत्री संरचना नहुँदा सेवा लिन सास्ती
सम्पादक:南亚网络电视
समय:2023-11-28 17:31

णढ

नेपालगन्ज, मङ्सिर १२ गते। बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ।

अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुखेसो छ।कोहलपुर नगरपालिकाको कार्यालय भवन अपांगमैत्री नहुँदा सेवा लिन निकै समस्या उठाउनु परेको अपांग नवजीवन केन्द्र कोहलपुरका अध्यक्ष जंगबहादुर डाँगीले बताउनुभयो ।

 उहाँले नगरपालिका र नगर भित्रका सरकारी भवन, बाटो, शौचालयलगायतका सार्वजनिक स्थल अपांगमैत्री नहुँदा अपांगता भएका व्यक्ति कष्ट सहन बाध्य रहेको बताउनुभयो।

बाँकेमा अपांगता भएका एक हजार हाराहारीले अपांगतामैत्री भवन, शौचालय र संरचना नहँुदा यस्ता समस्या भोग्दै आएको अध्यक्ष डाँगीको भनाइ छ।सरकारी तथा गैरसरकारी कार्यालयम जाँदा अपांगतामैत्री शौचालय नहुँदा दिसा–पिसाब गर्नसमेत कठिनाइ हुने गरेको गुनासो दैनिक आउने उहाँले बताउनुभयो।

बाँके बैजनाथ गाउँपालिका–१ का शैलेन्द्र बुढा द्वन्द्वपीडित हुनुहुन्छ।उहाँ जनयुद्धको बेला घाइते भएर शारीरिक रूपमा अशक्त हुनुहुन्छ।उहाँले गाउँपालिकाको कार्यालय अपांगमैत्री नहुँदा सेवा लिन निकै असहज हुने गरेको बताउनुभयो ।

अपांगता भएकी कोहलपुरकी मीरा कार्कीले नेपाल सरकारले अपांगता भएका व्यक्तिका लागि अपांगतामैत्री संरचना बनाउने निर्देशन दिए पनि कोहलपुरमा यस्ता संरचना बन्न नसकेको गुनासो गर्नुभयो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले अपांगता भएका व्यक्तिसँग गरेको अन्तरक्रिया कार्यक्रममा अपांगता भएका अधिकांश व्यक्तिले स्थानीय सरकारले अपांगताका समस्या बुझेर त्यस्ता संरचना निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्काले अन्तरक्रियामा सहभागी अधिकांशले अपांगता भएका व्यक्तिका लागि नीति नियम बने पनि कागजमै सीमित भएको गुनासो गरेको बताउनुभयो।

उहाँका अनुसार सहभागी अधिकांशले आगामी दिनमा अपांगतामैत्री, बालमैत्री र महिलामैत्री भवन तथा संरचना निर्माण गरिदिन जिल्लाका सबैसंग आग्रह गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर