नेभिगेसन मेनु

प्रफुल्ल मुद्रामा प्रचण्ड–ओली : प्रचण्डसँगको सम्बन्धबारे ओलीले भने– राम्रै लक्षण छ अहिले त
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-02 12:55

oli-and-parchanda42023-11-02-07-23-05

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बढेको राजनीतिक दूरी पनि घट्दै गएको संकेत एमाले चियापानमा देखियो । दुई नेता निरन्तर मुस्कानसहित भलाकुसारी गरिरहेका देखिन्थे । अहिले प्रचण्डसँगको सम्बन्ध सुमधुर रहेको व्याख्या ओली स्वयंले गरिदिए । 

प्रचण्डसँग कुनै तिक्तता नरहेको भन्दै ओलीले सुनाए, ‘अघि प्रधानमन्त्री र म सँगै थियौँ । तपाईंहरूले देखिहाल्नुभो, हाम्रो चेहरा, हाउभाउ देख्नुभो, हात हल्लाएको, मिलाएको देख्नुभो । मुस्कुराएको, खुसी भएको देख्नुभो । एउटै चाडमा, एकै ठाउँमा खुसियाली मनाएको देख्नुभो, राम्रै लक्षण छ अहिले त ।’ 

ओलीले चाडपर्वका अवसरमा आयोजित शुभकामना कार्यक्रममा राजनीतिक विषयमाथि टिप्पणी गर्नु वाञ्छनीय नहुने पनि बताए । ‘चाडपर्व, शुभकामनाको कार्यक्रममा अरू खालका कुरा कहाँनेर कसको के कमजोरी रह्यो आदि कुराहरू निकाल्दा चाडको महत्व, गरिमामा अलिकति प्रश्नचिह्न खडा गर्छ,’ उनले भने, ‘हामी सँगै बसेर चिया खायौँ, सँगै बसेर खुसियाली मनायौँ, सँगै बसेर उत्सव मनायौँ, त्यसपछि कुनै प्रकारका टीकाटिप्पणी वाञ्छनीय हुँदैन । सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर