नेभिगेसन मेनु

अज्ञात समूहको गोली प्रहारबाट घाइते प्रधानाध्यापकको निधन
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-30 17:36

Kalaiya_goli2023-10-30-03-01-02

बाराको कलैयामा अज्ञात समूहले चलाएको गोली प्रहारबाट घाइते भएका स्कुलका प्रधानाध्यापकको उपचारको क्रममा निधन भएको छ।

बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

सोमबार अपराह्न कलैयानिवासी रुपेश स्वर्णकारको छाती र घाँटीमा दुई राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको स्रोतको भनाइ छ। 

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर