नेभिगेसन मेनु

दुई किलो चिनी किन्न धादिङका उपभोक्ता काठमाडौँमा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-19 19:07

FINAL.00_00_36_13.Still004

काठमाडौं, कात्तिक २ गते । बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् । नेपालीको मुख्य चाड दसैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाडौँको कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आउनुभएको हो ।

दसैँ, तिहार र छठमा नेपालीले ठुलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईले बताउनुभयो । उहाँले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरबाहीकै कारण  भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले चिनी लगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता समयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाउनुभयो ।

भट्टराईले धादिङका खाद्यान्न पसलमा चिनी नपाएको र पाए पनि किलोको १६० रुपियाँसम्म पर्ने गरेको बताउनुभयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङबाट दुई किलो चिनी किन्न काठमाडौँमा आउनु परेको सुनाउनुभयो । त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाममा बस्नुभएकी सावित्री उप्रेतीले चिनी किन्न दुई घण्टा लाममा लाग्नुपरेका बताउनुभयो ।

उहाँले नेपालीको मुख्य चाड दसैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिनुभएको बताउनुभयो । उहाँले सरकारले सञ्चालन गरेको सहुलियत पसल भन्दा बाहिरका पसलहरूमा चिनी नपाएको भन्दै दुई किलो भए पनि लाममा बसेर लिन आएको बताउनुभयो । उहाँले सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्यास, चिनी, नुनलगायत अन्य खाद्यान्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताउनुभयो ।

त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नका लागि सहुलियत पसल आउनुभएका पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उहाँले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताउनुभयो । उहाँले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताउनु भयो । उहाँले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गर्नुभयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजी उपलब्ध गराउने बताउनुभयो ।

उहाँले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाममा बस्ने उपभोक्ताहरूलाई खाली हात नपठाउने बताउनुभयो । उहाँले लाममा बस्ने उपभोक्ताहरूले अनिवार्य दुई केजी चिनी पाउने जानकारी दिनुभयो । चिनी अभावको कारणले सहुलियत पसलहरूमा चिनी किन्न आउने उपभोक्ताहरूको भीड छ । उहाँले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालीन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताउनुभयो ।

सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात हुँदा अभाव झेल्न पर्ने अवस्था आउने थिएन उहाँले भन्नुभयो । उहाँले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिए पनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताउनुभयो । उहाँले चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको बताउनुभयो ।

उहाँले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपियाँ प्रतिकेजीको दरले काठमाडौँका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताउनुभयो । उहाँले विगतका वर्षहरूको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरूको व्यापार कमी आएको जानकारी दिनुभयो । उहाँले मानिससँग आर्थिक अभावको कारण बजारमा व्यापार घटेको देखिएको भनाइ राख्नुभयो ।

उहाँले दसैँ, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरे पनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताउनुभयो । आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपियाँमा बिक्री गरिरहेको छ ।

चाडपर्वमा जनताले दुई किलो चिनी पाउनसमेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनका कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरूले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानका लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर