नेभिगेसन मेनु

कम परिमाणमा पेट्रोल बेचेको भेटिएपछि सशस्त्र प्रहरीको पम्प सिल
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-19 13:04

police-apf2022-06-02-06-14-54

सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गएको रेपिड रेस्पोन्स टिमको टोलीले मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि पम्प सिल गरिएको हो। 

अनुगमन टोलीमा प्रधानमन्त्री प्रचण्डको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायका उच्चपदस्थ कर्मचारीको सहभागिता छ। 

टोलीले यसअघि मंगलबार अनुगमनकै क्रममा तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्प पनि सिलबन्दी गरेको थियो।

सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने सामान्य प्राविधिक समस्या मात्र भएको बताए। ‘२० दिनअघि अनुगमन गर्दा पेट्रोल प्रति लिटरमा ५० एमएल बढी फालेको देखिएपछि मिलाइएको थियो,’ उनले भने, ‘अहिले डिजल प्रति ५ लिटरमा २ एमएल कम फालेको देखिएको छ, जसकारण डिजलको एउटा नोजल मात्र भोलि बिहानसम्म बन्द गरिएको हो । भोलि बिहान नापतौल विभागबाट प्रतिनिधि आएर त्यो समस्या पनि हटाउने कुरा भएको हो, यो सामान्य प्राविधिक समस्या मात्र हो ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर