नेभिगेसन मेनु

इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-18 14:00

sdfhbs (1)

कात्तिक १ गते । काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो । 

गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनु भएकी रमिलाको बिहान ७ः३५ बजे धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्कप्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपालिका–३ का ४० वर्षीय रामकुमार राई र उहाँकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते हुनुभएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे घाइते हुनुभएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका यात्रुको टाउको हात, ढाड र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । इलेक्ट्रिक गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पछिल्ला केही दिनदेखि काभ्रेपलान्चोकमा सडक दुर्घटनामा दैनिक जसो मृत्यु भएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर