नेभिगेसन मेनु

ताक्लाकोट जान रोक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-15 13:06

Untitled-1 (5)

असोज २८ गते । व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो । 

व्यापारका लागि सामग्री खरिद गर्न हिल्साबाट ताक्लाकोट जान लाग्नुभएका सिमकोट गाउँपालिका–५ का व्यापारी रामजन रावतले तीन दिनदेखि हिल्सामै रोकिनुपरेको बताउनुभयो । उहाँले हिल्साको चिनियाँ क्षेत्रमा रहेको चिनियाँ भन्सार कार्यालयमा राखिएको मेसिन बिग्रिएका कारण ताक्लाकोट जान नपाएको जानकारी दिनुभयो । उहाँले दुई दिनसम्म ताक्लाकोटमा व्यापार र काम गर्दै आउनुभएका हुम्लावासीलाई नेपाल आउनसमेत रोकेको भए पनि पछि नेपाल फिर्ता हुने हुम्लावासीलाई ताक्लाकोटमै चेकजाँच गरेर हिल्सा पठाउन सुरु गरेको तर ताक्लाकोट जान भने बन्द भएको बताउनुभयो ।  उहाँले करिब एक सय जना हुम्लावासी हिल्सामा ताक्लाकोट जान नपाएर रोकिएको बताउँदै कहिलेबाट खुल्छ भन्ने पनि यकिन नभएको जानकारी दिनुभयो । 

ताक्लाकोट जानका लागि हिल्सामा रोकिनुभएका हुम्लावासीलाई बस्ने कि जिल्ला फिर्ता हुने अन्योल भएको छ । अधिकांश व्यापारी दसैँका लागि सामान ल्याएर जिल्ला फिर्ता हुने तयारीका साथ ताक्लाकोट जान लागेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट (बिओपी) तीन दिनदेखि नेपालीलाई ताक्लाकोट जाने रोक लगाएको जनाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर