नेभिगेसन मेनु

संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-13 15:35

purna-bahadur-khakda-skt

सुर्खेत, असोज २६ गते । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देश विविध कारणले अप्ठ्यारोमा परेको बताउनुभयो ।

‘‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोशिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,’’ उहाँले भन्नुभयो, ‘‘संविधानलाई भड्काउने कोशिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।’’

उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको समेत बताउनुभयो । प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् । मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘पार्टी र भ्रातृ संस्था सुधार गर्न आवश्यक छ । हामी सच्चिन आवश्यक छ ।’’

कार्यक्रममा उहाँले राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर सङ्घरको अधिवेशनबाट महत्त्वपूर्ण सुझाव आउने विश्वास व्ययक्त गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर