नेभिगेसन मेनु

अर्घाखाँचीको ठाडा दह (फोटो फिचर)
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-23 13:55

sfgjhnfg

अर्घाखाँची, असोज ६ गते । अर्घाखाँचीको प्रख्यात धार्मिक ठाडा दह आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ । पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक हिसाबले समेत यो दह प्रख्यात बन्दै गएको छ । 

अर्घाखाँचीको  शितगंगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित यो दह पूर्व(पश्चिम राजमार्ग हुँदै सन्धिखर्क जाँदा कपिलवस्तुको गोरु सीँगेबाट उत्तरतर्फ करिब ३३ कि.मी. को दुरीमा पर्दछ । सडक किनारको बायाँतर्फ रहेको यो दह सुन्दर र मनमोहक छ । समुन्द्र सतहबाट करिब ३८०० सय फिटको उचाइमा डमरुको आकार जस्तो यो ठाडा दह निकै नै सौन्दर्य रहेको छ।

धार्मिक ग्रन्थअनुसार त्रेता युगमा दहको महिमा उल्लेख भएको कुरा बराह पुराणबाट पुष्टि भएको देखिन्छ। त्रेता युगमा भगवान् श्रीराम, सीता र लक्ष्मणहरू सिध्देश्वर दर्शन गर्न नर्तन चल पर्वतमा पुग्न ठाडो बाटो  भई जाँदा यस ठाडाको दहमा आइपुग्दा यो दहमा रातो, सेतो र निलो कमलको फुल फुलेकोदेखि सीताजीले रातो कमलको फुल मन पराई टिप्न खोज्दा श्रीरामले लक्ष्मणलाई भनेका थिए, भाइ यो दहमा श्वेत बराहको वास छ । अतः तिम्री भाउजूलाई सेतो कमलको फुलले पूजा गर्न भन । सो अनुसार लक्ष्मणले पनि सेतो कमल टिपेर दिएपछि सीताले पूजा गर्नुभएको थियो। त्यसैले यस दहलाई धार्मिक तीर्थको रूपमा लिइएको छ। 

यस दहको भित्री भागमा सुवर्णमय ८ वटा कमलका फुलहरू छन्। त्यस फुललाई भक्तजनहरूले यदाकदा रातीको समयमा देखिन्छ भन्ने जनविश्वास समेत रहेको छ।यस दहको उत्तरतर्फको किनारमा वाराही मन्दिर रहेको छ भने स्वागतद्वार लगायत फुल बगैँचाले दह निकै नै सुन्दर देखिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर