नेभिगेसन मेनु

इन्फ्लुएन्जाबाट सावधान रहन चिकित्सकको सुझाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-16 13:24

bheri-aspatal-ma-upachar-garaundai-birami

नेपालगन्ज, भदौ २९ गते । बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।  

भेरी अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. खगेन्द्रजङ्ग शाहले अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा अधिकांशमा इन्फ्लुएन्जा पुष्टि भएको जानकारी दिनुभयो । 

उहाँले गत दुई सातादेखि इन्फ्लुएन्जा देखिने क्रम बढेको जनाउँदै उपचारका लागि आएका बिरामीमध्येबाट आशङ्का लागेकाहरुको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको बताउनुभयो । 

डा. शाहले भन्नुभयो, ‘साप्ताहिक रुपमा पठाउने गरिएको रगत नमुनाको परीक्षणमा इन्फ्लुएन्जा देखिनेक्रम बढ्दैगएको छ । यसले समुदायस्तरमै सो रोग फैलिएको पुष्टि पनि गरेको छ ।’ भेरी अस्पतालका प्रवक्ता डा. सङ्केतकुमार रिसालका अनुसार इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिने बताउनुभयो ।  

उहाँका अनुसार पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या बढेको छ । परीक्षण गरेकामध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । 

भेरी अस्पतालको प्रयोगशालाका प्रमुख प्रशन्न मिश्रले मौसम परिवर्तन हुने समयमा इन्फ्लुएन्जा देखिने भएकाले बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको बताउनुभयो ।

उहाँले परीक्षणका लागि पठाइएका रगत नमुनामा अधिकांशमा इन्फ्लुएन्जा देखिएको बताउनुभयो । चिकित्सकका अनुसार मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको सङ्क्रमण हो । इन्फ्लुएन्जालाई बोलिचालीमा ‘फ्लु’ भनेर बुझिन्छ । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ ।

डा. रिसालले यो निकै संक्रामक हुने र सङ्क्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिने जनाउँदै बिरामी नजिक जानु नै पहिलो जोखिम भएको बताउनुभयो । उहाँले यसबाट जोगिन सावधानी अपनाउनु आवश्यक रहेको बताउनुभयो । 

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले पनि समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको जनाउँदै भेरी अस्पतालको बहिरङ्ग सेवामा जाँच गराउन आउनेमध्ये अधिकांशमा अहिले इन्फ्लुएन्जा पुष्टि भएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर