नेभिगेसन मेनु

आजको मौसम: दिनभर पानी पर्ने
सम्पादक:南亚网络电视
समय:2023-08-09 14:14

62d739d9aae33

मौसमी प्रणाली सक्रिय रहेकाले आज पनि दिनभरजसो देशैभर पानी पर्ने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको  विभागले जनाएको छ । 

देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । आज राति देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना छ । कोशी प्रदेश र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर