नेभिगेसन मेनु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हवाइ इन्धन डिपोको शिलान्यास
सम्पादक:南亚网络电视
समय:2023-07-18 13:15

hawai indhan silanyas1689588222

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाइ इन्धन डिपो निर्माणका लागि शिलान्यास भएको छ। विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि नेपाल आयल निगमले डिपो निर्माण सुरु गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त डिपोको शिलान्यास गरेका हुन्।

यसको निर्माण एक वर्षभित्र सम्पन्न गरिने अनुमान गरिएको छ। ७७ करोड रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको छ। १२ सय किलोलिटर क्षमताको तीन ओटा गरी जम्मा ३६ सय किलोलिटरको भर्टिकल डिपो बनाउन लागिएको हो।

thumb (11)

डिपो निर्माणका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । निर्माण कम्पनी र आयल निगमबीच ६ महिनाअघि दुई वर्षभित्र काम सक्ने सम्झौता भएको थियो । कम्पनीसँग अब डेढ वर्ष समय रहे पनि एक वर्षभित्र काम सक्ने प्रतिबद्धता आएको शाहले बताए । इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा भाडामा लिएको हो ।

पुस १७ मा आन्तरिक उडानबाट उद्घाटन गरिएको विमानस्थलमा गत असार ६ मा चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले चार्टर्ड उडान गरेको थियो । सिचुवानको न्यारोबडी ए–३१९ जहाज अवतरण मात्रै विमानस्थलमा हालसम्मको एकमात्र अन्तर्राष्ट्रिय उडान हो । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान अझै निश्चित छैन ।

अन्तर्राष्ट्रिय उडान हुन थालेपछि खपत पनि बढ्ने डिपो आयल निगमको स्वामित्वमा हुनेछ । आयल निगम पोखराका प्रवक्ता श्रीधर लामिछाने बताउँछन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाको मागअनुसार इन्धन आपूर्तिका लागि कास्कीको गगनगौंडामा नेपाल आयल निगमको भण्डारण केन्द्र छ । त्यसमा २२ सय ८० किलोलिटर डिजेल, ३५० किलोलिटर पेट्रोल र ७६० किलोलिटर मट्टीतेल भण्डारण क्षमता थियो । निगमले उक्त भण्डारण केन्द्रको क्षमता पनि बढाएको छ । अहिले क्षमता बढाएर एक करोड लिटर पुर्‍याइएको निगमका प्रवक्ता श्रीधर लामिछानेले जनाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर