काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका खण्डमा भइरहेको सडक विस्तारका क्रममा घाँसी कुवासमेत भत्किने भएको छ । भनिन्छ– आदिकवि भानुभक्तले घाँसीकै प्रेरणामा कविता लेखेका थिए । सरोकारवालाले ऐतिहासिक ठाउँ भएकाले कुवालाई जोगाउन आवाज उठाउँदै आएका छन् ।