नेभिगेसन मेनु

लाम्जुरापासमा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ६ जनाकै शव प्राप्त
सम्पादक:南亚网络电视
समय:2023-07-11 18:24

Helicopter_accident_manang air1689069439

आज बिहानदेखि बेपत्ता भइरहेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । घटनास्थलमा हेलिकोप्टरमा सवार सबै ६ जनाकै शव प्राप्त भएको छ । हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाउनु भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उहाँका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।    

सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।    

लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।    

सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ उडेको कल साइन ९एनए-एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर