नेभिगेसन मेनु

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2023-04-18 15:55

thumb

कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटमा नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । मलेसियाले तुलनात्मक रूपमा बलियो मानिएको नेपालविरुद्ध राम्रो स्कोर बनाएको हो ।

सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपको छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा मलेसियाले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ३५ रन बनायो ।

कप्तान अहमद फैजले ७६ रन बनाए । उनले ९५ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । उनले विरनदीप सिंह दोस्रो विकेटमा १ सय १६ रनको साझेदारी गरे । विरनदीप भने अर्धशतक बनाउन चुके । उनले ९४ बल खेल्दै ४६ रन बनाउनेक्रममा २ चौका प्रहार गरे ।

मोहम्मद अमिरलाई १८ रनमा गुलशन झाले आउट गरेपछि फैज र विरनदीपको जोडी जमेको थियो । फैजलाई आउट गरेपछि नेपालले नियमित जस्तो विकेट लिन सुरु गरेको थियो । विजय युनी १२ र सैयद अजिज १३ रनमा आउट भए ।

सोमपाल कामीले लगातार बलमा खिजार हायत र फिर्ती सामलाई आउट गरे । हायतले २५ बल खेली १ चौका र १ छक्कासहित २२ रन बनाए । नेपालबाट सोमपाल र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० र सन्दीपले १० ओभरमा ४८ रन खर्चे । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर