नेभिगेसन मेनु

क्रिकेट एक्सिलेन्स सेन्टरलाई उपाधि
सम्पादक:南亚网络电视
समय:2023-03-19 13:44

1679195772_takali-1200x560

पाकिस्तान दूतावासको क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टरले आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

शनिबार नेपालस्थित पाकिस्तान दूतावासको मैदानमा सम्पन्न फाइनलमा एक्सिलेन्सले पाकिस्तान दूतावास क्रिकेट क्लबले दिएको १ सय १५ रनको लक्ष्य १५.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो। एक्सिलेन्सको जितमा सचिनले अर्धसतकीय खेले। उनले ३१ बलमा अर्धसतक पूरा गरेका हुन्। सन्दीपले ३७ रन जोडे। बलिङतर्फ पाकिस्तानी दूतावासका राजले एक विकेट निकाले।

त्यसअघि ब्याटिङ गरेको दूतावासको क्लबले १७ं४ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रनको योगफल बनायो। उसका लागि नवीनले सर्वाधिक ३२ रन जोडे। आयुषले २४ रन तथा गणेशले १३ रन बनाए। बलिङतर्फ एक्सिलेन्सका अभिनासले सर्वाधिक पाँच विकेट निकाले। चार ओभर बलिङ गरेका अभिनानशले १५ खर्चिए। महाजनले दुई विकेट निकाल्दा विपिनले चार ओभर बलिङ गर्दै एक विकेट लिए।

पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले ‘हिमालय शम्शेर राणा’ ट्रफी प्रतियोगिताको विजेतालाई प्रदान गरे। प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका थिए। चार समूहमा विभाजन गरी सञ्चालन गरिएको प्रतियोगितामा शीर्ष चार टोलीले नकआउट चरणमा प्रतिस्पर्धा गरेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर