नेभिगेसन मेनु

आत्मविश्वास बढाउँदै यूएई
सम्पादक:南亚网络电视
समय:2023-03-16 11:05

thumb (7)

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेल अगाडि यूएईले त्यसको तयारी जित आत्मसात गरेको छ । पूरा शृंखलाकै अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्दै छ । त्यसको ठीकअघि आत्मविश्वास बढाउने र सहानुभूति बटुल्ने जितका रूपमा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएको हो । यी दुई टिमबीच यसअघिका पछिल्ला खेलमा पीएनजी हाबी थियो । तर, अन्तिम खेलमा जित भने यूएईको रह्यो ।

यो खेलसँगै पीएनजीले आफ्नो ३६ औं खेल खेल्यो । प्रतियोगिताबाट पुछारमा रहेर बिदा लियो । पीएनजीले जम्माजम्मी पाँचै खेलमात्र जित्न सक्यो । खातामा ११ अंकसहित सात टिममध्ये अन्तिम स्थानमा रह्यो । यूएईको भने ३५ खेलबाट ३३ अंक भएको छ । तर, यो जितले प्रतियोगिताको अंक तालिकामा कुनै प्रभाव पर्ने छैन । त्यसैले यूएईका खेलाडी यस जितमा खासै खुसी देखिएनन्, शारीरिक प्रस्तुति पनि सकारात्मक देखिएन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पीएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । यसक्रममा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो । सुस्त सुरुआतका बावजुत पीएनजी सम्मानजक स्कोर भने खडा गर्न सफल रह्यो । टिमले २२ रन बनाउँदासम्म २ विकेट गुमाएको पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९२ बलको इनिङ्समा सम्हालिएर ६ चौका तथा १ छक्का प्रहार गरे । त्यसपछि टिमका लागि गतिलो योगदान नोरमन भानुआले दिए । उनले ३१ बलमात्र उपयोग गरेर ४९ रन बनाए । उनी अर्धशतकबाट त चुके पनि अविजित रहन सफल रहे । उनको इनिङ्सको सबैभन्दा ठूलो विशेषता भन्नु नै ५ छक्का रह्यो । उनले एक चौका पनि प्रहार गरे । रिले हेकुरेको ३३ रन उत्तिकै उपयोगी साबित भयो । उनले २२ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरे । यूएईका बलरमध्ये हजरत बिलालले ४७ रनमा ४ विकेट लिए ।

जवाफमा यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर २ सय ३६ रन बनाएर आरामदायी जित आत्मसात् गर्‍यो । जितका नायक रहे, कप्तान मोहम्मद वासिम । उनले ७६ बलमा १ सय १९ रनको उत्कृष्ट प्रदर्शन गरे । उनले ६ चौका र १२ छक्का प्रहार गरे । यही आँकडाले पनि देखाउँछ, उनी पीनएजीका बलरमाथि कति धेरै हाबी रहे । उनले २९ बलमा ५० रन बनाए भने आफ्नो सय रन ६० बलमै पूरा गरे । उनी खेलका निर्विवाद प्लेयर अफ द म्याच रहे ।

वासिमले वृत्य अरविन्दसँग दोस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । यसले यूएईको जित आधार तयार पारेको थियो । वृत्यले ३३ रन बनाए । उनले पनि ५ चौका प्रहार गरे । त्यसबाहेक चुन्डनगपोयिल रिजवानले अविजित २९ रन बनाए । आयान अफजल खानले २७ रनको योगदान दिए । पीएनजीका लगभग सबै बलर महँगा साबित भए । त्यसमध्ये हेकुरे केही प्रभावशाली रहे । उनले २४ रनमा २ विकेट हात पारे ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर