नेभिगेसन मेनु

पिएनजीविरुद्ध पावर प्लेमै यूएइलाई दोश्रो सफलता
सम्पादक:南亚网络电视
समय:2023-03-15 12:50

1678855013_335681167_507090344968188_8121473519838923976_n-1200x560

आइसिसी विश्वकप लिग २ त्रिकाेणात्मक एकदिवसीय श्रृखला अन्तरगत  पपुवा न्युगिनी पिएनजीविरुद्ध यूएईले दोश्रो विकेट हात पार्न सफल भएको छ ।  

पहिलो विकेट ५ दमलब १ ओभरमा हात पारेको यूएईले दोश्रोविकेट   पावर प्ले सकिनु १ बल अगाडी नै हात पारेको हो । दोश्रो विकेट पिएनजीले सिसी बाओलाई व्यक्तिगत ९ तथा टोलीको २२ रन हुँदा गुमाउन पुगेको हो । यूएईका लागि दोश्रो विकेट पनि हजरालले लिएका हुन ।

यस अघि   पहिलो विकेट ५ दशमलब १ ओभरमा हिरी हिरीलाई व्यक्तिगत ४ रनमा गुमाउन पुगेको छ । पिएनजीको पहिलो विकेट यूएइका हजरालले लिएका हुन ।

पिएनजीले पहिलो विकेट गुमाउँदा जम्मा १० रन मात्र जोडेको छ ।  यो खेलमा पिएनजीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।ताजास्थीतीमा पिएनजीले १३ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ ।

श्रृखलाको अन्तिम खेल खेल्न लागेको पिएनजीले र यूएईले सिधै एकदिवसीय मान्यता गुमाई सकेको हुनाले आजको खेल दुवै टोलीलाई प्रतिष्ठाको लडाईं मात्रै हुनेछ ।

युएई लिग–२ मा छैटौं र पपुवा न्युगिनी पुछारमा अन्त्य गर्नेछन् ।

युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पिएनजी ३५ खेलमा ५ मा जित र २९ मा हारसहित ११ अंकका साथ पुछारमा छ ।  पिएनजीले जितेको पाँच मध्य चार खेल युएईविरुद्ध छन् ।नेपाल भने ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ सिधै ओडिआई मान्यता पाएको छ । बिहीबार युएईलाई हराए सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ । पराजित भएमा वा कुनै कारण अंक बाँड्नु परेमा भने नेपाले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर