नेभिगेसन मेनु

होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव
सम्पादक:南亚网络电视
समय:2023-03-07 15:32

1

धनुषा,  फागुन  २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताउनुभएको छ ।

होली पर्वको अवसरमा आज शुभकामना दिँदै उहाँले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्धन गर्न पनि अभिप्रेरित गर्ने बताउनुभयो ।

बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै उहाँले यहाँका हरेक जातजाति र धर्मावलम्बीमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताउनुभयो ।

असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेश प्रदेश, देश र देशबाहिर रहेका सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री यादवले व्यक्त गर्नुभएको छ ।

“कुमतिको होलिका दहन होस् र यहाँहरूको जीवन रसरङ्गमय, प्रेममय होस् र खुसियालीका साथै आपसी एकता र सद्भाव कायम रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उहाँले भन्नुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर