नेभिगेसन मेनु

एनभीए राष्ट्रिय पुरुष क्लब भलिबलको च्याम्पियन हेल्प नेपाल
सम्पादक:南亚网络电视
समय:2023-01-16 16:09

Help-Nepal-volleyball_20230116082957

काठमाडौं : सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो। 

एकपक्षीय खेलमा हेल्प नेपालले २५–२१, २६–२४, २५–२३ को जित निकाल्यो। हेल्प नेपालले तेस्रो पटक उपाधि जितेको हो। हेल्प नेपालले यसअघि २०७३ र २०७६ को संस्करणमा पनि उपाधि जितेको थियो।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुषमा हेल्प नेपालका मुवासर राजा घोषित भए। उत्कृष्ट सेटर महिलातर्फ पुलिसकी कमला पुन र पुरुषमा आर्मीका हरिहजुर थापा बने। 

पुरुषतर्फ विभागीय टोली एपीएफले तेस्रो स्थान हात पार्‍यो। आइतबार भएको खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो। एपीएफले पुलिसलाई १५–२५, २५–२०, २५–२३, २५–१८ ले पराजित गर्‍यो। 

महिला पुलिस च्याम्पियन

यसैगरी महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि हात पार्‍यो। आइतबार भएको फाइनलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै पुलिसले दोस्रो पटक उपाधि जितेको हो। यसअघि २०६९ मा पुलिसले पहिलो पटक उपाधि जितेको थियो।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। न्यु डायमन्डले तेस्रो सेट २७–२५ ले जित्दा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो। निर्णायक तथा पाँचौं सेट १५–११ ले जित्दै पुलिसले उपाधि उचालेको हो।

महिलातर्फ विभागीय टोली आर्मीलाई हराउँदै एपीएफले तेस्रो स्थान हात पार्‍यो। प्रतिस्पर्धात्मक खेलमा एपीएफले आर्मीलाई ३–२ ले पराजित गरेको हो। एपीएफले २५–१६, २५–२०, २१–२५, २१–२५, १५–७ ले आर्मीलाई पाखा लगायो। 

उपाधिसँगै हेल्प नेपाल र नेपाल पुलिस क्लबले चार लाख नगद पुरस्कार प्राप्त गरे। उपविजेता आर्मी र न्यु डायमन्डले दुई लाखमा चित्त बुझाए। तेस्रो स्थान हात पारेको एपीएफका दुवै टोलीले एक लाख रुपैयाँ पाए। च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता रहेको थियो।

उषा र मुवासर सर्वोत्कृष्ट

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ नेपाल पुलिस क्लबकी उषा भण्डारी र पुरुषमा हेल्प नेपालका मुवासर राजा घोषित भए। उत्कृष्ट सेटर महिलातर्फ पुलिसकी कमला पुन र पुरुषमा आर्मीका हरिहजुर थापा बने। 

न्यु डायमन्डकी सलिना श्रेष्ठ र हेल्प नेपालका दीपक थापा उत्कृष्ट डिफेन्स, आर्मीकी संगम महतो र हेल्प नेपालका मुवासर राजा उत्कृष्ट सर्भर, एपीएफकी कविता भट्ट र नेपाल पुलिस क्लबका नविन नगरकोटी ब्लकर, न्यु डायमन्डकी प्रतिभा माली र आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर एवं नेपाल पुलिसका रुपेश विष्ट र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने। च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका विजेताले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर