नेभिगेसन मेनु

चेल्सीमाथि म्यानचेस्टर सिटीको सानदार जित
सम्पादक:南亚网络电视
समय:2023-01-09 11:58

Man-City-1-1024x768

म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीमाथि सानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ ।


घरेलु मैदानमा सिटीले चेल्सीमाथि ४–० को फराकिलो जित निकाल्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा जुलियन अल्भारेज र फिल फोडेनले समान एक गोल गरे ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले घरेलु मैदानमा पहिलो हाफको १५ मिनेटको अन्तरमा तीन गोल गर्दै आरामदायी अग्रता लिन सफल भएको थियो ।

२३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले ३० यार्डमा प्राप्त फ्रिकिकमा सिधै गोल गरेका थिए । ३०औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।


काई हाभर्टजले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै सिटीलाई पेनाल्टी प्रदान गर्दा अल्भारेज चुकेनन् । ३८औं मिनेटमा फिल फोडेनले केल वाल्करको पासमा गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए ।

८५औं मिनेटमा रियाद महारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै सिटीको सानदार जित पक्का गरे कोलिडोउ कोउलीवेलीले फिल फोडेनलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्दा महारेज चुकेनन् ।

पछिल्लो एक सातामा चेल्सीमाथि सिटीको यो दोस्रो जित हो । सिटीले बिहीबार राति चेल्सीलाई उसकै मैदानमा १–० ले पराजित गरेको थियो ।

यस्तै एफए कपको अन्य खेलमा डर्वी, स्टोक सिटी, ब्ल्याकबर्न, वाल्सल र स्टेभिनेजले सफलता हात पार्दा ब्रिस्टल र स्वान्सी सिटी, कार्डिफ र लिड्सले बराबरी खेलेपछि रिप्ले खेल खेल्नुपर्ने भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर