नेभिगेसन मेनु

‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने
सम्पादक:南亚网络电视
समय:2022-12-23 13:20

ANFA

काठमाडौं – अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ। एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो। ‘बैठकले कुनैनिर्णय लिन सकेन। अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने। उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पुर्‍याउने जनाएको थियो। यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार ९पुस सात गते० अन्तिम टोली दर्ता मिति थियो। अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो।

‘लिग कहिले हुने रु कसरी हुने रु मुख्य प्रायोजक के रु पुरस्कार रकम के दिने रु कुन मैदानमा खेल हुने रु केहि टुंगो छैन। झाडा टार्ने लिग गर्न खोजेर मात्र हुँदैन,’ एक क्लबका प्रतिनिधिले भने।

हालसम्म साविक उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन्।

बाँकी १२ क्लब ९साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र बढुवा भएको खुमल्टार युवा क्लब०ले दर्ता गराएका छैनन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर