नेभिगेसन मेनु

विश्वकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल
सम्पादक:南亚网络电视
समय:2022-12-10 17:40

France-vs-England-1024x576

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज ९शनिबार९ क्वाटरफाइनल० का अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो सेमिफाइनलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

यता, युवा र प्रतिभावान् र स्टार खेलाडीले भरिएको पोर्चुगल पनि अफ्रिकी टोली मोरक्कोलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को विश्वकपको पछिल्लो पाँचै खेलमा अपराजित छ ।

सन् २०१८ को विश्वकपको समूह चरणमै पोर्चुगलसँग १–० ले पराजित भएयता मोरक्को विश्वकपमा अपराजित छ । जसमा ३ ९पेनाल्टीमा स्पेनमाथि० को जित पनि समावेश रहँदा २ खेलमा बराबरीमा नतिजा छ ।

युरोपको बलिया राष्ट्र क्रोएसियालाई बराबरी र बेल्जियमलाई पराजित गरिसकेको मोरक्को पोर्चुगलसँग खेल्दा त्यही उच्च मनोवलका साथै मैदान उत्रनेछ ।

अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दा ६–१ को रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको पोर्चुगल सोही जितको लयलाई मोरक्कोविरुद्धको खेलमा पनि दिन चहान्छ ।

अर्को खेलमा राति १२ः४५ बजे अल बायट स्टेडियममा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।

फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । किनकि गोल्डेन बुटको दौडमा अगाडि रहेका उनकै भरमा फ्रान्स रहेको छ । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको इंग्ल्यान्ड राम्रो स्थितिमा उभिएको छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् । तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको इंग्ल्यान्ड यसपटक त्यो भन्दा अगाडि बढ्न चहान्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर