नेभिगेसन मेनु

नेयमारले पेलेको कीर्तिमान भेट्टाए
सम्पादक:南亚网络电视
समय:2022-12-10 17:38

Neymar-1024x691

फरवार्ड नेयमार जुनियरले ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।

फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेको कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ गोल गरेको दाबी छ ।

फिफाले दुई राष्ट्रबीचको खेल मात्रै गणना गर्छ र पेलेका केही गोलहरू क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा रहेको बताइएको छ । नेयमारले १२४ खेल खेल्दै ७७ अन्तर्राष्ट्रिय गोल गरेर पेलेको कीर्तिमान बराबरी गरेका हुन् ।

८२ वर्षीय पेलेले १९५७ देखि १९७१ सम्म ९२ खेलमा ७७ गोल गरेका थिए । ब्राजिलबाट सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकप जितेका पेले हाल साओ पाउलोको अस्पतालमा उपचाररत छन् ।

अतिरिक्त समयमा लम्बिएको खेलमा नेयमारकै गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर, त्यो अग्रता ब्राजिलले जोगाउन सकेन । टाइब्रेकरमा ब्राजिल ४–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

३० वर्षीय नेयमारले १० अगस्ट २०१० मा अमेरिकाविरुद्ध डेब्यु गर्दै डेब्युमै गोल गर्न सफल भएका थिए । उनले ८ गोल विश्वकपमा गरेका छन् । २०१४ मा ४, २०१८ र यसपाली गरी समान दुई गरी ४ गोल गरेका छन् । ५ गोल कोपा अमेरिकामा गरेका छन् ।

नेयमारले २०१३ मा कन्फेडेरेसन कप जिते । उनले विश्वकप र कोपा अमेरिका कप जित्न सकेका छैन । टोकियो ओलम्पिकमा ब्राजिलको टोलीबाट उपाधि जितेका उनी २०१९ मा ब्राजिलले कोपा जित्दा उनी घाइते थिए । २०२१ मा उपविजेता हुँदा उनी टोलीका सदस्य थिए ।

नेमारको गोल समग्र ब्राजिलको कीर्तिमान होइन, मार्टाले सन् २००२ देखि महिला टोलीका लागि ११५ गोल गरेकी छिन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर