नेभिगेसन मेनु

विश्वकपमा आज समूह ‘एच’ र ‘जी’ का चार खेल हुने
सम्पादक:南亚网络电视
समय:2022-12-02 12:19

Al-Bayt-Stadium-760x500

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह चरणका खेलहरु आज शुक्रबारबाट सकिंदै छन् । शुक्रबार समूह ‘जी’ र ‘एच’ का दुई/दुई खेलहरु हुनेछन् । यी खेलहरू पछि प्रतियोगिताबाट नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछन् ।

शुक्रबार राति पौने ९ बजे सुरु हुने खेलहरुमा समूह ‘एच’ का घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन् । यो समूहमा दुई खेलबाट ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । घानाको ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको १/१ अंक छ ।

शुक्रबार राति पौने १ बजे हुने खेलहरुमा समूह ‘जी’ का क्यामरुन र ब्राजिल तथा सर्बिया र स्विटजरल्याण्ड भिड्नेछन् । दुई खेलबाट ६ अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगिसकेको छ । स्विट्जरल्याण्डको ३ अंक छ भने क्यामरुन र सर्बियाको १/१ अंक छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर