नेभिगेसन मेनु

विश्वकपमा आज स्पेन र जर्मनी भिड्दै
सम्पादक:南亚网络电视
समय:2022-11-27 12:28

spain_germany-760x500

एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा आज हुने समूह ‘ई’को खेलमा स्पेन र जर्मनी भिड्दैछन् । अल बायत स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले हराउँदै शानदार शुरुवात गरेको स्पेन आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । आज जर्मनीलाई पराजीत गरेको खण्डमा स्पेन अन्तिम खेल अगावै अन्तिम १६ मा प्रवेश गर्नेछ । यसअघिको दुई संस्करणमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको स्पेन उपाधिको बलियो दाबेदार हो । सन् २०१० को विश्व विजेता स्पेन २०१४ मा समूहचरण र २०१८ मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।

चार वर्ष अगाडि समूहचरणबाटै बाहिरिएको जर्मनी यसपटकपनि समूहचरणबाटै घर फर्किने खतरामा रहेको छ । पहिलो खेलमा शुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा जापानसँग २-१ गोलले पराजीत भएको जर्मनी पछिल्लो समय खराब लयमा रहेको छ । जर्मनीले खेलेको पछिल्लो ९ खेलमा मात्र दुई खेलमा जीत निकालेको छ । सर्वाधिक पाँचपटक विश्वकप जित्ने ब्राजिलको कीर्तिमानलाई बराबरी गर्ने लक्ष्यसहित कतार पुगेको जर्मनी पहिलोपटक समूहचरणको लगातार दुई खेलमा पराजीत हुने खतरामा छ ।

जर्मनीले स्पेनविरुद्ध पछिल्लो १९ वर्षमा भएको सात भेटमा मात्र एक खेलमा जीत निकालेको छ ।

आज हुने अन्य खेल

जापान विरुद्ध कोस्टारिका (दिउँसो ३ :४५ बजे)

बेल्जियम विरुद्ध मोरक्को (बेलुकी ६:४५ बजे)

क्रोएसिया विरुद्ध क्यानडा (राति ९:४५ बजे)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर