नेभिगेसन मेनु

साफ यू – १५ महिला च्याम्पियनसिपको उपाधिका लागि बंगलादेशसँग नेपाल भिड्दै
सम्पादक:南亚网络电视
समय:2022-11-11 11:25

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ ।

नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने छ ।

नेपाल बंगलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि चुम्न चाहन्छ । त्यस्तै बंगलादेशले पनि यही प्रतियोगितामा व्यहोरेको हारलाई आफ्नै मैदानमा बदला लिँदै उपाधि चुम्ने लक्ष्यमा छ ।

यही प्रतियोगितामा नेपालले यसअघि बंगलादेशलाई ० का बिरुद्ध १ गोलले पराजित गरेको थियो । खेल नतिजाका आधारमा नेपाललाई जितका लागि केही सहज भने रहेको छ । यद्यपि प्रदर्शनका आधारमा भने नेपाललाई जितका लागि सहज छैन।

उपाधि जित्नका लागि नेपालले बंगलादेशसँग बराबरी खेले पुग्छ । तर नेपालले यसअघि भूटानसँगको दोस्रो खेलमा १–० को गोलान्तरले मात्रै पराजित गर्न सक्यो । जबकी पहिलो खेलमा नेपालले भूटानलाई ७–० ले पराजित गर्न सफल भएको थियो ।

खेल प्रदर्शनका आधारमा नेपालभन्दा बंगलादेश बलियो रहेको छ । यद्यपि नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर